कांग्रेसबाट खाण र कार्की, माओवादी केन्द्रबाट शर्मा र भुसालले लिए मन्त्रीको शपथ

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

कांग्रेसबाट बालकृष्ण खाण  र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्री पदको शपथ लिएका छन् । 

खाणले गृह, कार्कीले कानुन, शर्माले अर्थ र भुसालले ऊर्जा मन्त्रालय सम्हाल्नेछन् । 

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथलगत्तै मन्त्रीहरूले शपथ लिएका हुन् ।

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादी केन्द्रबाट दुई-दुईजना  मन्त्री नियुक्त गरेका हुन् । 

सुझावित समाचार