मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ ६ बजे बस्दै छ । प्रधानमन्त्रीकाे सरकारीनिवास बालुवाटारमा बस्ने बैठकले चारजनालाई सचिवमा बढुवा गर्ने भएको छ ।
लोकसेवा आयोगको सचिव बढुवा सिफारिस समितिले प्रशासनबाट तीनजना, कृषि तथा वन सेवातर्फबाट तीन, इन्जिनियरिङतर्फबाट तीन र प्रशासन सेवातर्फबाट एकजनाको नाम सिफारिस गरेको छ ।
जसमा प्रशासनतर्फ सहसचिवत्रय गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करमध्ये एकजना सचिव बन्नेछन् ।
कृषि तथा वन सेवातर्फ सहसचिवत्रय डा. कृष्णप्रसाद आचार्य, निरू दाहाल र दीपक खरालमध्ये एकजना, इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देलमध्ये एकजना सचिव बन्ने छन् । प्रशासन सेवातर्फ भने सहसचिव डा. दामोदर रेग्मीको नाम मात्र सिफारिस भएको छ।