विभिन्न जंगली जनावर तथा चारचुरुङ्गिको आवाज निकाल्ने काठमाडौंकी सन्तोषी सुब्बाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दक्षिणकाली नपा‐७ का २९ वर्षीय सुरेश तिमल्सिना रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाले बुधवार कमलावक्षीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले सब्बालाई बलाकार प्रयास गरेका थिए । नमानेपछि तिमल्सिनाले घाँटीमा सल पासोले कसि हत्या गरेका थिए । प्रहरीका अनुसार उनले टाउको ढुंगा समेत प्रहार गरेका थिए । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले बलात्कार प्रयासका क्रममा तिमल्सिनाले सुब्बाको हत्या गरेको बताए ।
उनले भने,‘सुब्बाको हत्या भएको हो । हत्यामा संलग्न सुरेश तिमजल्सिना रहेको अनुसन्धाले देखाएको छ । बलत्कार गर्ने क्रममा उनले सब्बाको हत्या गरेको अभियुक्तको बयानबाट खुलेको छ । अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ ।’
सुब्बाको मृत शरिर मंगलबार दक्षिणकाली मन्दिरस्थित जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको थियो । त्यस लगतै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । सुब्बा चुराको आवाज कपि गर्ने क्रममा ५ असारमा जंगल पुगेकी थिइन् । सोही क्रममा उनको तिमल्सिनासँग भेट भएको थियो । उनको हत्या भने ६ असारको रातको आठ बजे भएको प्रहरीले जनकारी दिएको छ ।