विघटनसँग सम्बन्धित १९ वटै रिट प्रधानन्यायाधीश चोलेन्द्रको इजलासमा

बिहिबार, १३ जेठ, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित परेका १९ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नै इजलासमा राखेका छन् । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू इन्द्रप्रसाद अर्याल, दीपक राई, राजाराम घिमिरेलगायतले छुट्टाछुट्टै दायर गरेको रिटको आज पेसी हो । विघटनविरुद्ध परेका ३० मध्ये १९ वटाको सुनुवाइ आज हुँदै छ । बाँकी ११ भने शुक्रबार संवैधानिक इजलासमा पेस हुनेछन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

सुझावित समाचार