भारतले भन्यो– नेपालको पछिल्लो राजनीतिक विकासक्रम आन्तरिक मामिला

बुधबार, १२ जेठ, २०७८
डिजिटल संस्करण

भारतले प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उत्पन्न भएको संसद् विघटनलगायतको परिस्थितिलाई जानकारीमा लिएको र यो नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरेको छ । 

भारतीय विदेश मन्त्रालय अरिन्दम बाग्चीले पत्रकारहरूद्वारा नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नबारे आज सार्वजनिक गरेको जवाफमा यस्तो प्रतिक्रिया जनाएक हुन् । गत  ५ पुसमा संसद् विघटनपछि पनि भारतले यस्तै ढाँचाको औपचारिक कूटनीतिक टिप्पणी गरेको थियो । 

‘नेपालमा हालैका राजनीतिक घटनाक्रमहरूलाई हामीले जानकारी (नोट)मा लिएका छौँ । त्यसलाई नेपालको आफ्नो आन्तरिक ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट डिल गरिनेछ भन्ने दृष्टिकोण राख्दछौँ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भनेका छन्, ‘भारत छिमेकी र मित्रका रूपमा नेपाल र नेपाली जनतालाई  प्रगति, शान्ति, स्थायित्व र विकासको यात्रामा सहयोग गर्नमा प्रतिबद्ध छ ।’

नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायलगायत बुद्धिजीवीहरूले नेपालको घटनाक्रमलाई निरंकुशतातर्फको यात्रा भन्दै भारतले विरोध गर्नुपर्ने टिप्पणी गरिरहेका वेला भारतले तटस्थ प्रतिक्रिया जनाएको हो । 

See More On

सुझावित समाचार