एमालेका खनाल–नेपाल पक्षका सांसद सिंहदरबारमा भेला

आइतबार, २६ बैशाख, २०७८
डिजिटल संस्करण

राजीनामाको तयारी गरिरहेका एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदहरू सिंहदरबारमा जम्मा भएका छन् । राजीनामाको विषयमा छलफल गर्न सिंहदरबारमा भेला भएको सांसद सोमप्रसाद पाण्डेले जानकारी दिए । 

उनका अनुसार सांसदहरू पुग्ने क्रम जारी रहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली सहमतिको बाधक बनेको आरोप लगाउँदै खनाल–नेपाल पक्षका सांसदहरूले राजीनामा दिने तयारी गरेका छन् ।
 

सुझावित समाचार