कोरोनासँग लड्नु सबैको साझा दायित्व हाे : उपप्रधानमन्त्री

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन् ।सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपिल गरेका छन् ।

शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताए ।  अहिले लागू भएको निषेधाज्ञाले कोरोना संक्रमणको फैलँदो अवस्थाको चेन ब्रेक गर्न बताए । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

सरकारले लागू गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि स्पष्ट पारे । उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा, जीवनरक्षाका लागि भएकोले कुनै राजनीतिक उद्देश्यले नहेर्न पनि आग्रह गरे । अहिले जनता आफैँ सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पनि पोखरेलले बताए । सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको हुँदा आमनागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न पनि आग्रह गरे । 

सुझावित समाचार