पूर्वरानी कोमल शाहको आइसियूमा उपचार हुँदै

बिहिबार, १६ बैशाख, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमणका कारण थापाथलीस्थित  नर्भिक अस्पताल भर्ना भएकी पूर्वरानी कोमल शाहलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजनको आवश्यकता परेको छ ।

उनलाई अक्सिजनको आवश्यकता परेपछि बुधबार आइसियू कक्षमा सारिएको उपचारमा संलग्न डा. जेपी जैसवालले जानकारी दिए । उनीसँगै अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको अवस्था भने सामान्य रहेको जैसवालले बताए । 

सुझावित समाचार