सहायक सूचकको हत्याका अभियुक्त पक्राउ

बिहिबार, १५ माघ, २०७७
डिजिटल संस्करण

राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न भएको अभियोगमा बाँके नेपालगन्ज उपमहानगरपालिका– ६ फुल्टेक्राका १८ वर्षीय विवेक परियारलाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका– ९ ताथलीबाट बिहीबार पक्राउ गरेको हो । उनले नेपालगन्जस्थित विभागका सहायक सूचक २७ वर्षीय प्रवीण थापामगरको हत्या गरेको प्रहरीको दाबी छ । 

हत्यापछि उनको शव नेपालगन्ज– १८ स्थित खेतबारीमा फेला परेको थियो । गत २ माघमा उनको हत्या भएको थियो । हत्यालगत्तै फरार परियारलाई प्रहरीले खोजी गरिरहेको थियो । 

सुझावित समाचार