पुलमा फेला परेको प्रेसरकुकर बम सेनाद्वारा डिस्पोज

शनिबार, १० माघ, २०७७
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको मिर्चैयामा रहेको जिबाखोलाको पुलमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा अज्ञात समूहले राखेको प्रेसरकुकर बम शनिबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा आवतजावत ठप्प पारेको थियो । सिराहाको चोहर्वामा रहेको सेनाको शेर गणका बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी सिराहाका प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए ।

See More On

सुझावित समाचार