हुम्लामा नेकपा (ओली समूह) को अगुवा कार्यकर्ता भेला

बिहिबार, २३ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनमा पुगेका बेला नेकपा (ओली समुह) ले हुम्लाका गाउँगाउँमा अगुवा भेला गर्न थालेको छ ।  केपी ओली समुह अगुवा कार्यकर्ता भेलाको लागि  ताजाँकोट गाउँपालिकाको छेप्रेला पुगेको हो ।

कर्णाली प्रदेश कमिटि अध्यक्ष गोरखबहादुर बोगटी,केन्द्रीय सदस्य दल फडेरा,केन्द्रीय सदस्य रुपा शाही, नेता  गोविन्द शाही, जिल्ला सचिव कमल बोहरा लगायतका नेताहरु गाउँगाउँ पुगेका छन् ।  

प्रचण्ड– नेपाल समुहले सरकारलाई काम गर्ने वातावरण नदिएको आरोप उनीहरुले लगाउँदै आएका छन् ।ताजाँकोट गाउँपालिकाबाट सुरु भएको अगुवा भेला अदानचुली,सर्केगार्ड चंखेली गाउँपालिकामा भेला गर्ने उक्त समुहले जनाएको छ । यता प्रचण्ड नेपाल समुह भनिएका नेता कार्यक्रताहरु काठमाडौ,सुर्खेत नेपालगञ्ज लगायतका शहरमा केन्द्रित भएका छन् ।

सुझावित समाचार