संसद् विघटनविद्ध परेका रिटबारे संवैधानिक इजलासमा बहस हुँदै

बुधबार, २२ पुष, २०७७
डिजिटल संस्करण

संसद् विघटनविरुद्ध परेका रिटका बारेमा आज बुधबार संवैधानिक इजलासमा बहस भइरहेको छ । 

गैरसंवैधानिक ढंगले संसद्को विघटन भएको भन्दै विभिन्न अधिवक्ताहरूले बेग्लाबेग्लै हालेको रिटउपर बहस भएको हो । 
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा बहस भइरहेको छ ।

अहिले अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् । उनले संसद् विघटनविरुद्ध यसअघि सर्वाेच्चले गरेको निर्णयलाई नजिरका रूपमा पेस गरेका छन् । 

यसअघि प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद् विघटनलाई सर्वाेच्चले उल्ट्याइदिएको थियो ।

सुझावित समाचार