प्रचण्डपत्नी सीता दाहाललाई उपचारका लागि मुम्बई लगियाे

सोमबार, २० पुष, २०७७
डिजिटल संस्करण

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ। उनलाई आज बिहान ११ बजेको उडानबाट मुम्बई लगिएको हो ।

सीताको उपचारका लागि अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल सँगै मुम्बई गएका छन् । उनलाई मुम्बईस्थित न्युरोजेन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा भर्ना गरेर उपचार गरिने परिवारले जनाएको छ । 

सीता दाहालमा पार्किन्सनजस्तो प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) नामक बिमार रहेको छ । पिएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोषिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरू बताउँछन् ।

स्वास्थ्यमा समस्या देखिएपछि गत साता उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी थिइन् । सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।

सुझावित समाचार