नेकपा नेता दीनानाथ शर्माले नेकपा पार्टीभित्रको आन्तरिक किचलोका कारण प्रतिनिधिसभा विघटन भएको भन्दै यो अत्यन्तै दुःखद भएको बताएका छन् ।
आज राष्ट्रिय सभामा बोल्दै उनले जनप्रतिनिधि संस्था दलभित्रको आन्तरक द्वन्द्वले असर गर्नु त्यति राम्रो अनुभूत नभएको उनको भनाइ छ ।
प्रतिपक्षको अर्गेल्याइँको कारणले नभएर सत्तारुढ पार्टीभित्रकै कारणले विघटन हुन पुगेको उनले बताए । शर्माले भने, ‘आन्तरिक कारणले, हाम्रो किचलोको कारणले जनप्रतिनिधिमूलक संस्था विघटित हुन पुग्यो । यो दुःखको कुरा हो ।’