प्रचण्डले भने- ओलीले गणतन्त्रमाथि ‘कु’ गरे

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  संसद् विघटन निर्णय गरेर प्रधानमन्त्री केपी ओलीले गणतन्त्रमाथि ‘कु’ गरेको बताएका छन् ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्डले ओलीको कदम असंवैधानिक र गणतन्त्रमाथि ‘कु’ भएको बताएका हुन् । प्रधानमन्त्रीको कदमबारे स्थायी कमिटीमा बैठकमा ठोस निर्णय हुनेसमेत उनले बताए । 

ओलीले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेलगत्तै प्रचण्डबालुवाटार पुगेका  थिए । तर, ओली र प्रचण्डबीच छलफल भने हुन नसकेको प्रेस संयोजक सापकोटाले बताए ।

सुझावित समाचार