प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली ब्रेकफास्ट मिटिङका लागि अर्का अध्यक्ष प्रचण्डनिवास खुमलटार जाने भएका छन् ।
शनिबार बिहान १० बजे उनी त्यहाँ पुग्ने कार्यक्रम तय भएको छ । यो मिटिङले ओली–प्रचण्डबीच बढेको दूरीलाई घटाउने विश्वास लिइएको छ ।
प्रधानमन्त्री ओली पुग्नुअगावै पार्टी महासचिव विष्णु पौडेल भने खुमलटार पुगिसकेको स्रोतले जनाएको छ ।