शुक्रबार दिनभर

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

३४ वर्षदेखि कालिमाटीको तरकारी बोक्ने गाडीमा सिन्डिकेट, महँगोमा तरकारी खान बाध्य उपभोक्ता

कालिमाटीको तरकारी बजारमा ३४ वर्षदेखि तरकारी बोक्ने ढुवानी गाडीमा सिन्डिकेट रहेको पाइएको छ । कालिमाटी तरकारी बजारमा कालोप्लेटको चारपाङ्ग्रे  भ्यानले भित्रका विभिन्न स्थानमा तरकारी ढुवानी गर्दै आइरहेका छन् । तर, यातायात व्यवस्था विभागले अहिलेसम्म तरकारी ढुवानीका लागि कालोप्लेटको भ्यानका थप  दर्ताका अनुमति दिएको छैन । जसको कारण यतिवेला कालिमाटी तरकारी बजारमा निजी सवारीसाधनका गाडीले तरकारी तथा फलफूल ढुवानी गर्दै आइरहेका छन् । निजी रातोप्लेटको गाडीले  तरकारी ढुवानी गर्दा  तरकारी व्यवसायीसँग मूल्य बढी लिने  र व्यवसायीले पनि  भाडाको मूल्य थप जोडेर तरकारीको मूल्य बढाउने गरेका छन् ।

वामदेव भन्छन्- म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने जान्छु

सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र विवाद चुलिएको वेला कुनै पनि भेलामा नजाने स्पष्ट पारेका छन् । यद्यपि पाँच नेताको बैठकमा भने जाने उनले बताएका छन् । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार बैठकबाटै सबै समस्याको समाधान गर्नुपर्ने तर्क गौतमको छ । 

विद्यालय तहको शिक्षा भद्रगोल : विद्यार्थीदेखि अभिभावकसम्म तनावमा

विद्यालय तहको शैक्षिक अवस्था भद्रगोल भएको छ । विद्यालय शिक्षामा पाठ्यक्रम, परीक्षासम्मको विषयमा निर्णय नहुँदा अन्योल र भद्रगोल स्थिति सिर्जना भएको हो । कतिपय विषयमा सरकारले निर्णय नगर्दा र कतिपय विषयमा सर्वोच्च अदालतले फैसलामा ढिलाइ गर्दा लाखौँ विद्यार्थी, शिक्षक, विद्यालय तथा अभिभावकलाई तनाव बनाएको हो । 

कांग्रेस नेता पौडेलसँग प्रचण्ड र नेपालको आग्रह– देउवालाई रोकिदिनुस्

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका वेला प्रचण्ड र नेपालले पौडेलसँग भेटेका हुन् । भेटमा प्रचण्ड र नेपालले प्रधानमन्त्री केपी ओलीले हठात् अध्यादेश ल्याएर संवैधानिक परिषद् बैठक बोलाउनुको पछि कांग्रेस सभापति देउवाको भूमिकामाथि प्रश्न उठाएका थिए । उनीहरूले भनेका थिए,  ‘प्रधानमन्त्रीले अध्यादेश जारी गरेर संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा देउवाजीको भूमिका शंकास्पद छ, हामी पार्टी फुटबाट जोगाउन लागेका छौँ, तपाईंले देउवाजीलाई रोकिदिनुस् ।’ 

सिराहामा चिसोले कठ्यांग्रिएर चारको मृत्यु, चिसाेबाट जाेगिन घुर ताप्ने चार गम्भीर घाइते

सिराहामा चिसोले कठ्यांग्रिएर चारजनाको मृत्यु भएको छ। यस्तै, चिसाेबाट जाेगिन घुर ताप्ने क्रममा चारजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका– ५ जिझौलका २५ वर्षीय रविन्द यादव, मिर्चैया नगरपालिका– ११ का गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका– ३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम खुल्न नसकेको कर्जन्हा नगरपालिका– १ का एकजना पुरुषको मृत्यु भएको छ ।

सभामुख सापकाेटा र अध्यादेशविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

सभामुख अग्नि सापकोटा र  संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटको सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदातलका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले सभामुख सापकोटा र अध्यादेशविरुद्धका दुवै मुद्दाकाे पेसी ‘हेर्न नभ्याइने’मा राखेकाे हाे । सापकोटामाथि माओवादी जनयुद्धका बेला काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ ।

स्वास्थ्य सामग्री खरिद प्रक्रिया छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउन लेखा समितिले अख्तियार गुहाऱ्याे

संसद्को लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न अख्तियारलाई अनुरोध गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले अख्तियारलाई यस प्रकरणलाई छानबिन गरी सम्बन्धित पदाधिकारीहरूमाथि कारबाही अघि बढाउन अनुरोध गर्ने निर्णय गरेको हो । 

उद्योगमन्त्री भट्ट, मन्त्री त्रिपाठी र नेता पौडेल पुगे आन्दोलनरत किसान माझ : पाउलान् त किसानले बक्यौता ? (तस्बिरसहित)

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता एकसाथ आन्दोलनरत उखु किसानकोमा पुगेका छन् । छैटाैँ दिन काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानमाझ तीनैजना एकैसाथ पुगेका हुन् । मन्त्री त्रिपाठी सहभागी मात्र भएर फर्के भने मन्त्री भट्ट र नेता पौडेलले किसानहरूलाई सम्बोधन पनि गरेका थिए । 

सुदूरपश्चिमका १७ वटा स्थानीय तहमा भूमिहीनलाई लालपुर्जा दिइने

सुदूरपश्चिम प्रदेशका १७ वटा स्थानीय तहमा बसोवास गर्ने भूमिहीन र सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिने भएको छ । भूमिहीन, सुकुम्बासीलाई उनीहरूले १० वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गरिने भूमिसम्बन्धी समस्या समाधान आयोगले जनाएको छ । आयोग र १७ वटै स्थानीय तहबीच लालपुर्जा वितरण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले स्थानीय तहहरूले आ–आफ्नो तहमा रहेका भूमिहीन, सुकुम्बासीको लगत संकलन गरेपछि लालपुर्जा विगतरण थालिने जानकारी दिए । लगत संकलनको काम सुरु भइसकेको जानकारी दिँदै उनले जतिसक्दो चाँडो लालपुर्जा वितरण गर्ने पक्षमा आयोग रहेको बताए ।

सकियो प्रचण्ड-नेपाल समूहको प्रदेशस्तरीय भेला

नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको प्रदेशस्तरीय भेला सकिएको छ । पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजेबाट सुरु भएको भलामा प्रचण्ड–नेपाल समूहनिकट प्रदेश १ का जिल्ला अध्यक्ष तथा सचिवहरू सहभागी थिए । भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र वरिष्ठ नेता नेता झलनाथ खनालले आफूनिकटका कार्यकर्तालाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका थिए । 

सुझावित समाचार