अध्यादेश तुरुन्त फिर्ता लिनुपर्छ, अब स्थायी कमिटीमा छलफल हुन्छ : माधव नेपाल

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै नेपालले अब स्थायी कमिटीमा यस विषयमा छलफल हुने बताएका छन् । 
 
नेपालले भनेका छन्- 
जुन ढंगले उहाँले हठात् अध्यादेश ल्याउनुभएको छ, यो अत्यन्त गलत छ । उहाँले पार्टीलाई त विश्वासमा लिनु भएन–भएन, प्रतिपक्षलाई पनि विश्वासमा लिने काम गर्नुभएको छैन । भरसक यस्ता महत्वपूर्ण विषयहरूमा सर्वसम्मत र त्यसो हुन नसक्दा पनि बहुसंख्यकको समर्थन र विश्वास जितेर मात्र कदम चाल्नुपर्थ्याे, तर त्यसरी विश्वास नजितीकनै एकलौटी ढंगले चल्ने काम अत्यन्तै बेठीक छ । त्यसकारण उहाँले तुरुन्तै अध्यादेश फिर्ता लिएर कुनै पनि किसिमको निर्णय गर्नुहुँदैन र विश्वास जित्ने काम गर्नुपर्छ । यी सबै विषयहरूमा भोलिको स्थायी कमिटी बैठकमै हामी विस्तृत ढंगले छलफल गर्नेछौँ ।

सुझावित समाचार