राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि बैठकमा नजाने भएका छन् ।
आज साँझ बोलाइएको परिषद् बैठकमा देउवा नजाने उनका स्वकीय सचिव भानु देउवाले बताए ।
आज मंगलबार बिहान तय गरिएकाे परिषद् बैठकमा भने देउवा सहभागी हुन पुगेका थिए । गत आइतबार तय गरिएकाे परिषद्काे बैठकमा भने देउवाले सहभागिता नजनाउने जानकारी दिएका थिए ।
यसअघि उपसभापति विमलेन्द्र निधिले ट्विट गर्दै आज अचानक आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम भएकाे बताए ।