सभामुख सहभागी नभई बैठक स्थगित भएकै दिन राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

राष्ट्रपतिले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उनले मंगलबार यो अध्यादेश जारी गरेकी हुन् । यो पहिलो संशोधन हो । यस संशोधनसहित जारी गरिएको अध्यादेशमा के–के विषय संशोधन गरिएको छ भन्नेबारे थप जानकारी आउन बाँकी छ । 

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा सदस्यका रूपमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ । 

आज मंगलबार बिहान परिषद्को बैठक डाकिएकोमा सभामुख अग्निप्रसाद सापकोटा सहभागी नहुँदा कोरम नपुगेका कारण बैठक बस्न सकेको थिएन । 

सुझावित समाचार