केन्द्रीय विभागहरूमा प्रयोगात्मक कक्षा सुरु भएसँगै त्रिभुवन विश्वविद्यालय परिसर, कीर्तिपुरमा चलहपहल बढेको छ । कोभिड–१९ जोखिमका कारण अनलाइनमा सैद्धान्तिक कक्षा मात्र लिएका प्राविधिक विषयका विद्यार्थी करिब नौ महिनापछि प्रयोगात्मक कक्षा लिन पाउँदा उत्साहित देखिन्छन् । प्रयोगात्मक कक्षा सुरु भएकाले माथिल्लो सेमेस्टरमा अध्ययन गर्न पाइनेमा विद्यार्थी ढुक्क बनेका छन् । त्रिविका रसायनशास्त्र र भूगर्भशास्त्र केन्द्रीय विभागले प्रयोगात्मक कक्षा सुरु गरिसकेका छन् । माइक्रो–बायोलोजीलगायत विषयमा प्रयोगात्मक कक्षा सञ्चालनको तयारी छ । प्रत्यक्ष कक्षा सञ्चालनका लागि कोरोना संक्रमण हुन नदिन स्वास्थ्य सतर्कता अपनाइएको छ ।
संवैधानिक परिषद्को बैठकमा देउवा नजाने, तत्काल नियुक्तिको सम्भावना टर्यो
लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायमा तत्कालै पदाधिकारी नियुक्तिको सम्भावना टरेको छ । पार्टीभित्रको विवाद चर्किरहेकै वेला नियुक्तिकै एजेन्डा राखेर प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान ९ बजे परिषद्को बैठक बोलाएका छन् । तर, विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकमै नजाने भएपछि तत्कालै संवैधानिक आयोगमा नियुक्तिको सम्भावना टरेको हो । देउवा बैठकमा नजाने भएपछि आइतबारको परिषद्को बैठकमा गणपूरक संख्या नै नपुग्ने भएको छ ।
जंगली हात्तीले १८ घर भत्काउँदा मुसहर बस्तीमा बिचल्ली
जंंगली हात्तीको समूहले सिरहा लहानसँगै जोडिएको सप्तरीको सुरुङ्गा नगरपालिका-१ चहका मुसहर बस्तीमा डेढ दर्जन बढी घर भत्काएको छ । बस्ती नजिकै पर्ने चुरे जंगलबाट गाउँ पसेका पाँचवटा जंगली हात्तीको समूहले शुक्रबार राति ९ बजेतिर घर भत्काउनुका साथै अन्नपात खाइदिएको स्थानीय हात्तीपीडित जतरु सदायले बताए ।
भूमिसम्बन्धी समस्या समाधान गर्न अब अर्को आयोग बन्दैन : मन्त्री अर्याल
भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले भूमिसम्बन्धी समस्या समाधान गर्न अर्को आयोग नबन्ने दाबी गरेकी छिन् । शनिबार पोखरामा आयोजित ‘भूमिसम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारीबीच भएको समझदारीपत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो आयोग नै भूमिसम्बन्धी समस्या समाधान गर्ने अन्तिम आयोग हो । यसपछि यही समस्यालाई लिएर फेरि अर्को आयोग बन्दैन ।’ उनले चालू आर्थिक वर्षमा समस्या समाधान हुने गरी काम गर्न आयोगलाई निर्देशन दिइन् । मन्त्री अर्यालले आयोगलाई कुनै पनि कुराको अपुग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरिन् । उनले भनिन् ‘पैसाको खाँचो हुन दिँदैनौँ । तर, काम इमान्दारपूर्वक गर्नुस् ।’ पहिचान गर्ने र समस्या समाधान गर्ने विषयमा पक्षपात नगर्न उनले आग्रह गरिन् ।
गोदाम भरिएको भन्दै खाद्यले धान खरिद रोक्यो
गोदाम भरिएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा किसानबाट धान खरिद गर्न छाडेको छ । खाद्यले धनगढी मोहनपुरमा रहेको डिपोबाट धान किन्न छाडेको हो । गोदाम भरिन थालेकाले जोशीपुर गाउँपालिकामा रहेको डिपोमा पनि धान खरिद रोक्नुपर्ने अवस्था आएको खाद्यले जनाएको छ । बोरा र राख्ने ठाउँको अभाव देखाउँदै खाद्यले खरिद बन्द गर्न थालेपछि धान बिक्री गर्न नपाएको गुनासो किसानले गरेका छन् । खाद्यमा उचित मूल्य पाइने आसले कतिपय किसानले व्यापारीलाई बिक्री नगरेर धान राखेका थिए । तर, खाद्यले खरिद रोकेपछि किसानहरू सस्तोमा व्यापारीलाई नै धान बेच्न थालेका छन् ।
नेपाल र भारतका फरक-फरक पिसिआर रिपोर्ट, क्यान्सरपीडित वृद्धको उपचारमा समस्या
नवलपुर गैडाकोटका ७७ वर्षीय एक वृद्धको कोरोना परीक्षणमा दुई देशमा प्रयोगशालाले फरक–फरक रिपोर्ट दिएपछि उपचारमा समस्या भएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) र भारतको बि.एल.के. सुपर स्पेसियालिटी हस्पिटलमा गरिएको पिसिआर परीक्षणमा फरक–फरक रिपोर्ट आएपछि क्यान्सरपीडित ती वृद्धकाे उपचारमा समस्या भएकाे हाे ।
कोभिड–१९ विरुद्धको खोप निर्माणमा तीव्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतीक्षामा गरिब राष्ट्र
कोरोना भाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्नेबारेमा आममानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), जोन्स हप्किन्स विश्वविद्यालयजस्ता संस्थाले कोरोना संक्रमण र त्यसले पुर्याएको मानवीय क्षतिको विवरण दैनिक अद्यावधिक गरिरहेका छन् । सार्स प्रजातिकै नयाँ कोरोना भाइरस मानवमा देखिएको झन्डै एक वर्ष पुग्न लागेको छ र विश्वभर यस भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म झन्डै सात करोड १४ लाख पुगिसकेको छ भने झन्डै १६ लाख व्यक्तिको भाइरस संक्रमणबाट मृत्यु भएको छ । अझै पनि विश्वभर दैनिक १२ हजारको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।
वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा कैद सजाय
वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेले भ्रष्टाचार गरेको ठहर भएको छ । उनलाई दुई वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना भएको विशेष अदालतका उपरजिस्टार पुष्पराज पाण्डेयले बताए । ‘उहाँसहित तीनैजनालाई जनही १०/१० वर्ष कैद र घुस मागिएको रकम १० लाखलाई तीन भागमा बराबर बाँडेर आउनेजति रकम जरिवाना हुने फैसला भएको छ,’ पाण्डेयले भने । शुक्रबार विशेषका अध्यक्ष प्रेमराज कार्की तथा सदस्य बालेन्द्र रुपाखेतीको इजलfसले उनीसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । तीन वर्षअघि उनी विभाग परिसरबाटै पक्राउ परेका थिए । अवकाश लिनुभन्दा एक महिनापहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको थियो ।
कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण
कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार मात्रै सिटौलाले आफ्नै निवासमा गुटको भेला गराएका थिए । उनी बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठकमा समेत सहभागी थिए । शुक्रबार स्वाब दिएका नेता सिटौलालाई शनिबार बिहान कोरोना संक्रमण भएको रिपोर्ट आएको हो । नेता सिटौलाले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
अस्ट्रेलिया र भारतबीचको चार टेस्ट सिरिजमा ७५ प्रतिशत दर्शकलाई रंगशालामा प्रवेश अनुमति
गत साता आर्सनलले घरेलु मैदानमा भएको फुटबल प्रतियोगितामा दुई हजार दर्शकलाई अनुमति दिएको थियो । कोरोना महामारीपछि इंग्लिस प्रिमियर लिग क्लबले यसरी दर्शकको उपस्थितिमा प्रतिस्पर्धा गरेको पहिलोपटक थियो । यसअघि कोभिड–१९ महामारीको समयमा फुटबल, क्रिकेट, बक्सिङ, टेनिस तथा अन्य खेलमा दर्शकको उपस्थितिलाई अनुमति थिएन । तर, आर्सनलको प्रयासपछि अब अन्य खेलमा पनि दर्शकको बाक्लै उपस्थिति हुने छाँटकाँट देखिएको छ ।