पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाभित्र विनादर्ता सञ्चालनमा रहेका डेढभन्दा दर्जन बढी बालुवा प्रशोधन केन्द्र सिल गरिएको छ ।
बिहीबार रातिसम्म अनुगमनमा रहेको टोलीले विनयी त्रिवेणीका १७ वटा बालुवा प्रशोधन केन्द्र भनेर सञ्चालनमा ल्याइएको क्रसर उद्योगहरूमा सिल गरिएको हो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले विनयी त्रिवेणी गाउँपालिकामा १७ वटा बालुवा प्रशाेधन केन्द्र सिल गरिएको बताइन् ।
उनले भनिन्, ‘कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेका, तर साना तथा घरेलु उद्योगमा दर्ता नगरेको र पालिकामा पनि दर्ता नगरेको पाइएको सिल गरिएको हो ।’
यसअघि नवलपुरमा दुईवटा बालुवा प्रशाेधन केन्द्रमा सिल गरिएको थियो ।