जिल्ला प्रशासन कार्यालय लमजुङले नेपालीको दीपावलीमा यस वर्ष देउसी–भैलो खेल्न रोक लगाएको छ ।
कोभिड– १९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसी–भैलो खेल्न रोक लगाइएको जनाइएको छ
यस वर्ष दीपावलीको समयमा पूर्ण रूपमा देउसी–भैलो खेल्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
उनले भने, ‘कसैले अटेर गरी देउसी–भैलो खेलेको पाइएमा कानुनी कारबाही गरिनेछ ।’
कोरोनाको जोखिम बढ्दै गएकाले तिहारको समयमा देउसी–भैलो खेल्न, नाचगान गर्न रोक लगाइएको उनले बताए ।
तिहारको समय देउसी–भैलो खेल्दा बढी भिडभाड हुने भएकाले कोरोना संक्रमणको जोखिम हुने भन्दै देउसी–भैलो खेल्न रोक लगाइएको प्रजिअ शर्माको भनाइ छ ।
प्रशासनले कोरोना संक्रमणबाट बच्नका लागि संयमित भएर स्वास्थ्यका मापदण्ड अपनाउँदै चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।