गोली हानेर रौतहटमा एक युवतीको हत्या

बिहिबार, २७ कार्तिक, २०७७
डिजिटल संस्करण

जिल्लाको माधवनारायण नगरपालिकामा एक युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका– ७ लौकाहाका रामअयोधी साहकी १८ वर्षीया छोरी अमृताकुमारी साहको हत्या भएको हो ।

गएराति ११ बजेको समयमा घरमा सुतिरहेको अवस्थामा साहको हत्या भएको स्थानीय  ओमप्रकाश यादवले बताए । घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरीकाे टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

सुझावित समाचार