सल्यानमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

सल्यानमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दाङको तुल्सीपुरबाट रोल्पाको सुक्खाओढार जाँदै गरेको लु.१ज २९११ नम्बरको जिप सल्यानको छत्रेश्वरी गाउँपालिका– ४ दिवांगघारीमा दुर्घटना हुँदा रोल्पाका तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले  जनाएको छ । 

मृत्यु हुनेमा गाडीचालक रोल्पा गंगादेव गाउँपालिका– ७ का ३५ वर्षीय भीमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भीमराज बुढा र गंगादेव गाउँपालिका– ५ का ६५ वर्षीय गंजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिए ।

जिपमा रहेका अन्य पाँचजना भने सकुशल रहेको उनले बताए ।

सुझावित समाचार