आठ हजार घुससहित वैदेशिक रोजगार कार्यालयका चालक र एक लेखापढी पक्राउ

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई छिटो सेवा प्रदान गरिदिने भन्दै घुस लिने क्रममा वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत सवारीचालक धनबहादुर तामाङ पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा चालक तामाङ र लेखापढी व्यवसायी रामानन्द चौधरीलाई नियन्त्रणमा लिएको हो । 

उनीहरूको साथबाट घुस लिँदै गरेको आठ हजार रुपैयाँ पनि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान गर्ने काम भइरहेको अख्तियारले जनाएको छ ।

सुझावित समाचार