जुवाखालबाट पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जना पक्राउ

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

पूर्वराज्यमन्त्री खोभारी राय जुवाखालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूले उनलाई शनिबार साँझ काठमाडौं– १६ बिजेश्वरीबाट पक्राउ गरेको हो।

उनीसहित १० जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । 

खालबाट एक लाख ५३ हजार पाँच सय र सात बुक तास प्रहरीले बरामद गरेको छ । भाडामा लिइएको फ्ल्याटमा नियमित रूपमा जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले छापा हान्दा रायसहित १० जना पक्राउ परेका हुन् ।

See More On

सुझावित समाचार