राष्ट्रपति भण्डारीद्वारा दुई महिनाको पारिश्रमिक र चाडबाड भत्ताबापतको रकम कोरोना कोषमा प्रदान

बुधबार, ५ कार्तिक, २०७७
डिजिटल संस्करण
राष्ट्रपति भण्डारीद्वारा दुई महिनाको पारिश्रमिक र चाडबाड भत्ताबापतको रकम कोरोना कोषमा प्रदान

फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको पारिश्रमिक र चाडबाड भत्ताबापत पाउने रकम सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा प्रदान गरेकी छिन् । 

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर भण्डारीले दुई महिनाकाे पारिश्रमिक र चाडबाड खर्चबापत प्राप्त हुने रकम कोषमा प्रदान गर्ने जानकारी दिएको हो । 

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले उक्त रकम महामारी नियन्त्रणका लागि कोषमा प्रदान गरेकाे उल्लेख छ । 

यसअघि सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलका सांसदले दसैँ भत्ताबापत पाउने रकम कोषमा प्रदान गरेका छन् । सरकारको मन्त्रिमण्डलमा सहभागी मन्त्रीले प्राप्त गर्ने रकम पनि कोषमा प्रदान गर्ने निर्णय गरिसकेकाे छ । 

सर्वसाधारणलाई कोरोनाको उपचार आफैँ गर्नुपर्ने निर्णय गर्दै सांसदलाई भने दसैँ भत्ता दिएकाेमा व्यापक विराेध भएकाे थियाे । 

सुझावित समाचार