नवनियुक्त एवं जिम्मेवारी हेरफेर भएका मन्त्रीले थाले काम

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

नवनियुक्त एवं जिम्मेवारी हेरफेर भएका पाँच मन्त्रीले पदबहाली गर्दै बिहीबारबाटै कार्य सम्पादन सुरु गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले जिम्मेवारी सम्हालेका हुन् ।

रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीमा पदस्थापन भएका उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा पदबहाली गरे । त्यस्तै, पदबहालीपछि नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । 

कोरोनाका कारण अन्तर्राष्ट्रिय र राष्ट्रिय अर्थतन्त्र तथा आर्थिक क्रियाकलाप सुस्त भएकाले यस्तो अवस्थामा आर्थिक क्रियाकलापलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उनले अर्थतन्त्रलाई गतिशील बनाउँदै रोजगारी सिर्जना गरी आर्थिक वृद्धिमा समेत लाग्नुपर्ने बताए । 

त्यस्तै, पदबहालीपछि बोल्दै सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सांस्कृतिक सभ्यता जोगाउँदै विकासको काम अघि बढाइने बताए । 

सुझावित समाचार