सरकारले लुकायो नर्सिङ जनशक्ति प्रक्षेपण प्रतिवेदन र कोभिड–१९ व्यवस्थापन मार्गदर्शन
नेपालमा नर्सिङलगायत जनशक्ति प्रक्षेपण गर्न सरकारले शिक्षामन्त्रीको अध्यक्षतामा एक समिति बनायो, जसमा योजना आयोगका उपाध्यक्षलगायत सदस्य थिए । समितिले ०७६ सालमै जनशक्ति प्रक्षेपण गरी प्रधानमन्त्री केपी ओलीलाई प्रतिवेदन पनि बुझायो । तर, एक वर्ष बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक भएको छैन । यस्तै, सरकारले कोभिड– १९ महामारी व्यवस्थापनका लागि भौतिक स्रोत पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शन पाँच महिनाअघि नै तयार पारेको छ । तर, त्यसलाई लागू गर्नु त टाढाको कुरा, सार्वजनिक पनि गरिएको छैन ।
माध्यमिक तह पास गरेका युवाले पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने
अब युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् । ८ असोजमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा तेस्रोपटक संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।
यसपटक दसैँलक्षित गरी अग्रिम टिकट बुकिङ नखुल्ने, यात्रुको संख्या अत्यन्त कम हुने अनुमान
यसपटक गत वर्षका दसैँहरूझैँ कुनै रौनक छैन । सरकारले कोरोना भाइरसको महामारीका कारण उपत्यका आउजाउ नगर्न आग्रह गरिरहेको छ । अर्कोतर्फ सर्वसाधारण पनि यसपटक जोखिम हुने खतराकै कारण पनि जहाँ हो त्यहीँ दसैँ मनाउने तयारीमा देखिन्छन् । त्यसैले विगतका दसैँझैँ यसपटकको दसैँ मुखैमा आउँदै गर्दा पनि कुनै रौनक देखिँदैन । त्यसैको परिणामस्वरूप यसपटकको दसैँमा बस व्यवसायीहरूले दसैँको लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने भएका छन् ।
विद्युतीय शवदाहगृह निर्माण गर्न काठमाडौं महानगरपालिका र पशुपति विकास कोषबीच सम्झौता
विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ । पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाहगृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाहगृह निर्माण गर्न लागिएको हो । महानगरपालिकाको आर्थिक वर्ष ०७७–७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी शवदाहगृह निर्माण हुनेछ ।
बन्द रहेका शक्तिपीठहरू कात्तिक १ देखि खुल्ने
कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुह्येश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवीलगायतका शक्तिपीठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका हुन् ।
एघारौँपटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार
प्रधानमन्त्री केपी ओलीले एघारौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । एघारौँ पुनर्गठनमा तीनजना मन्त्री थपिएका छन् भने दुई मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार बिहान भएको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । जसअनुसार महासचिव विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएका छन् भने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ सहरी विकास तथा लीलानाथ श्रेष्ठले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन सुरु
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको कोभिड– १९ अस्पतालका भेन्टिलेटरहरू तीन महिना पनि नपुग्दै बिग्रिएर उपचारमा आएका संक्रमितहरूलाई समस्या परेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । संघीय र प्रदेश सरकारको करिब साढे १२ करोड बजेटबाट तयार गरेको कोभिड अस्पतालमा जडान गरिएका १० वटा भेन्टिलेटरमध्ये ६ वटाले काम नगरेर थन्किएपछि भेन्टिलेटरकै अभावमा संक्रमितको ज्यान गएको थियो ।
अमेरिकी राष्ट्रपति निर्वाचन : कसरी छानिन्छन् विश्वकै शक्तिशाली व्यक्ति
विश्वकै शक्तिशाली देश अमेरिकाको नयाँ राष्ट्रपति चयनका लागि ३ नोभेम्बरमा निर्वाचन हुँदै छ । कोरोना महामारीबीच विश्वभर छरिएर रहेका अमेरिकी नागरिकले राष्ट्रपति चयनका लागि मतदान गर्नेछन् । यसपटक रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट जो बाइडेन प्रतिस्पर्धामा छन् । अमेरिकी सत्ता परिवर्तनको प्रभाव अमेरिका मात्रै होइन, विश्वभर पर्छ । कसको साथ कुन तरिकाले बिजनेस गर्ने, कुन देशसँग रक्षा–सम्बन्ध कस्तो बनाउने, कुन देशको कुन मुद्दामा समर्थन वा बहिष्कार गर्ने भन्ने मामला पनि नेतृत्व परिवर्तनसँगै परिवर्तन हुँदै आएको छ ।
सर्वसाधारणमाझ विनामास्क देखिइन् न्युजिल्यान्डकी प्रधानमन्त्री
न्युजिल्यान्डले कोरोना भाइरसमाथि गरेको नियन्त्रणबारे विश्वका विभिन्न प्लेटफर्ममा प्रशंसा हुँदै आएको छ । यस कार्यमा न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनको भूमिका महत्वपूर्ण मानिन्छ । यो कार्यले अर्डेनलाई आसन्न संसदीय निर्वाचनमा निकै फाइदा हुने विश्वास पनि गरिएको छ ।न्युजिल्यान्डमा अहिले ५२औँ संसदीय निर्वाचनका लागि प्रचारप्रसार सुरु भएको छ ।
विशेष अदालतका अध्यक्ष र सदस्यसहित उच्चका ८४ न्यायाधीशको सरुवा
न्यायपरिषद्ले ८४ जना उच्च अदालतका न्यायाधीशको सरुवा गरेको छ । परिषद्को बुधबार बसेको बैठकले विशेष अदालतका अध्यक्ष र सदस्यको समेत सरुवा गरेको छ । विशेषका अध्यक्ष शिवराज अधिकारीको स्थानमा उच्च अदालत दिपायलका प्रेमराज कार्कीलाई ल्याइएको छ । सदस्यमा उच्च अदालत सुर्खेतका अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई ल्याउने निर्णय भएको छ ।