मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २८ बुधबार १०:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्द रहेका शक्तिपीठहरू कात्तिक १ देखि खुल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २८ बुधबार १०:४७:००

कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुह्येश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवीलगायतका शक्तिपीठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका हुन् । 

दसैँको वेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरू बताउँछन् । मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दसैँको वेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए । 

विभिन्न गुठियारहरूको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुला गरिनुपर्ने बताए । तर, सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए ।  तैपनि स्थानीय भक्तजनहरूको आग्रहमा कात्तिक १ गतेदेखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुला गरिने बताए ।  गुठियारहरूसँग पनि जात्रा ननिकाल्ने, तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए । 

कोभिड– १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो । यससँगै काठमाडौं उपत्यकाका मुख्य शक्तिपीठहरूमा समेत नियमित पूजाआजाबाहेकका सबै गतिविधि बन्द गरिएको छ ।

अन्य क्षेत्रलाई खुला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुला गर्ने निर्णय गरिसकेको छैन । तर, अधिकांश मन्दिर कात्तिक १ गतेदेखि सीमित रपमा भए पनि खुला गर्ने तयारीमा जुटेका छन् ।