मंगलबार दिनभर

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

चिनियाँ राष्ट्रपति भ्रमणको उपलब्धिविहीन एक वर्ष : अधिकांश सहमति द्विपक्षीय हस्ताक्षरमै सीमित
चीनका राष्ट्रपति सी जिनपिङको २५–२६ असोज ०७६ मा भएको राजकीय भ्रमण नेपालका लागि ठूलो राजनीतिक र कूटनीतिक उपलब्धि मानिएको थियो । चीनबाट २३ वर्षपछि भएको राष्ट्रप्रमुखको भ्रमणमा १४ बुँदे संयुक्त वक्तव्य जारी भयो, बिआरआई, विकास, कनेक्टिभिटीदेखि सुपुर्दगी सन्धिबारे सहमति भए । कोभिड–१९ महामारीले मात्र होइन, दुई देशका औपचारिक सरकारी संयन्त्रको ढिलासुस्तीका कारण अधिकांश सहमति कार्यान्वयन भएनन् । राष्ट्रपतिको भ्रमण भएको एक वर्षसम्म बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) ढाँचामा एउटा पनि परियोजना छनोट हुन सकेन । दुवै पक्षले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन गर्ने गरी समन्वय गर्ने सहमति गरेअनुसार उल्लेखनीय प्रगति भएको छ । तर, त्यसबाहकेका अधिकांश सहमति कार्यान्वयनमा गएका छैनन् ।

कर्णालीमा प्रचण्ड र नेपाल पक्ष मिले, ओली पक्ष एक्लियो, मुख्यमन्त्री शाही सुरक्षित
कर्णाली प्रदेशमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमति भएको छ । प्रचण्डनिकट मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालनिकट नेताहरूबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने, अविश्वासको प्रस्ताव फिर्ता लिनेलगायतका सहमति भएको हो । 

मन्त्री आर्यालको दाबी– जग्गाको कित्ताकाट बन्द हुँदा पनि टाठाबाठाले फाइदा लिएकै थिए
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गत भदौ १८ गते जग्गाको कित्ताकाट खुलाउने निर्णय भयो । कित्ताकाट खुलाएपछि मन्त्रालयको विरोधसमेत भयो । तर, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल जग्गा कित्ताकाट बन्द हुँदा पनि कित्ताकाट नरोकिएपछि सर्वसाधारण जनताको हितलाई ध्यानमा राखेर अहिले खुलाइएको बताउँछिन् ।

उद्योगमन्त्री भट्टको अचम्मको दाबी– मूल्यवृद्धि भएकै छैन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औँ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको दाबी गरेका हुन् । 

चुलो बल्न छाडेपछि महामारीको पर्वाह नगरी बगरमा गिटी कुट्न ओर्लिए मजदुर
कोरोना महामारीले ११ चैतबाट देशभर लकडाउन भयो । सुनकोसी र इन्द्रावती नदी बगरमा बालुवा झिक्ने र गिटी कुट्ने मजदुरलाई सुरुमा लागेको थियो– लकडाउन केही दिनलाई होला । दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका नदीकिनारमा आश्रित सयौँ मजदुर धमाधम लकडाउन थपिँदै गएपछि भोकै मरिने चिन्तामा परेका थिए । 

अमेरिकाबाट निष्कासित भएपछि नेपालमा ठगी धन्दा 
नक्कली कागजपत्रकै आधारमा एक युवकले करिब ५० करोड मूल्यबराबरको जग्गा अर्काको नाममा नामसारी गरिदिएका छन् । मालपोत कार्यालय पर्साको सहयोगमा ललितपुरका केवलप्रतापजंग राणाले कमला राजभण्डारीको नाममा रहेको जग्गा उनको छोरा बनेर नामसारी गराएका हुन् । राणालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । 

थाइराइड भएका व्यक्तिमा हड्डी खिइने जोखिम उच्च
शरीरका जोर्नीहरूमा रहने कुरकुरे हाड अर्थात् कार्टिलेज खिइनुलाई ओस्टियो अर्थाइटिस भनिन्छ । व्यावहारिक भाषामा यसलाई हड्डी खिइनु पनि भनिन्छ । खासगरी यो समस्या ६० वर्षभन्दा माथिका वृद्धवृद्धामा बढी हुने गर्छ । तर, कतिपय अवस्थामा वयस्कमा पनि हड्डी खिइने समस्या हुन्छ ।

हवाई क्षेत्रमा कोरोना कहर : उडान नभएपछि सिंगापुर एयरलाइन्सले प्लेनमै खाना बेच्न थाल्यो 
कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण लामो समयदेखि उडान सेवा बन्द हुँदा व्यहोर्नुपरेको घाटा उठाउन सिंगापुर एयरलाइन्सले प्लेनमै खाना बेच्न सुरु गरेको छ । कम्पनीले यसबाट थोरै भए पनि कोरोना भाइरस महामारीबाट सिर्जित संकटको सामना गर्न सहज हुने अपेक्षा गरेको छ । 

ट्रम्प चुनावी कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प करिब दुई सातापछि चुनावी सार्वजनिक कार्यक्रममा फेरि सहभागी हुन थालेका छन् । कोराेना संक्रमण पुष्टि भएपछि उनी केही दिन अस्पताल र केही दिन राष्ट्रपतिनिवासमा रहेका थिए । सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् ।

आइपिएलको पहिलो चरण : २८ खेलमा नौ हजार चार सय ४५ रन
रोयल्स च्यालेन्जर्स बेंग्लोरले कोलकाता नाइट राइडर्सलाई सोमबार राति ८२ रनको फराकिलो अन्तरले पराजित गरेसँगै १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो चरण सकिएको छ । कोरोना भाइरस (कोभिड– १९) का कारण आयोजक भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले आइपिएल युएईको तीन सहरमा गराइरहेको छ । अहिलेसम्म सहभागी आठै टोलीले सात–सात खेल खेलेका छन् । पहिलो चरणसम्म केवल दुई ब्याट्सम्यानले मात्र सतकीय इनिङ्स खेलेका छन् । 

सुझावित समाचार