१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २७ मंगलबार
  • Wednesday, 02 July, 2025
रासस
२o७७ असोज २७ मंगलबार १५:o३:oo
Read Time : < 1 मिनेट
विश्व

ट्रम्प चुनावी कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दाबी

Read Time : < 1 मिनेट
रासस
नयाँ पत्रिका
२o७७ असोज २७ मंगलबार १५:o३:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प करिब दुई सातापछि चुनावी सार्वजनिक कार्यक्रममा फेरि सहभागी हुन थालेका छन् । कोराेना संक्रमण पुष्टि भएपछि उनी केही दिन अस्पताल र केही दिन राष्ट्रपतिनिवासमा रहेका थिए । सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् ।

त्यसपछि सोमबार पहिलोपटक उनी फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा उनी मास्कविना सहभागी भएका थिए । भिडमा रहेका अन्य अधिकांश सहभागीले पनि मास्कको प्रयोग गरेका थिएनन् ।

उनले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफू स्वस्थ भइसकेको र आफूलाई कुनै शारीरिक वा स्वास्थ्यसम्बन्धी समस्या नरहेको दाबी गरे । उनले प्रतिस्पर्धी जोन बाइडेनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको र सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाए । उनले आगामी चार दिनमा निर्वाचनका वेला कडा टक्कर हुने भनिएका चारवटा राज्यमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति ट्रम्पलाई ११ दिनअगाडि कोरोनाको लक्षण देखापरेको थियो । गत आइतबार मात्रै उनी संक्रमणमुक्त भएको निजी चिकित्सकहरूले बताएका थिए ।