दिनभर

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

स्थानीय तहमा यसरी हुन्छ बेथिति : आठवटा रूख काट्न ६ लाख खर्च, तालिममा सहभागी ५४, देखाइयो एक हजार
काठमाडौं सीतापाइला–रामकोट–भीमढुंगा सडकमा आठवटा पीपलका रूख थिए । नागार्जुन नगरपालिकाले ती रूख काट्न ६ लाख ५२ हजार रुपैयाँ खर्च ग¥यो, जसअनुसार एउटा रूख काट्न ८१ हजार पाँच सय रुपैयाँ लाग्यो । रूख कटान शीर्षकमा सनराइज कन्स्ट्रक्सन एन्ड सप्लायर्सले चार लाख ५२ हजार र अर्को सेवाप्रदायकले दुई लाख रुपैयाँ भुक्तानी लिएका छन् ।

बसभित्र सामूहिक बलात्कार, मुख्य नाइके समातिए 
लठ्याउने औषधि खुवाएर किशोरीलाई बसभित्र सामूहिक बलात्कार गर्ने घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । भक्तपुर प्रहरीले फरार रहेका दीपेश राईलाई बिहीबार पक्राउ गरेको हो । गत १६ असोजमा एक १७ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी थिइन् । राईले उनलाई रत्नपार्कबाट बा.३ख २६१२ नम्बरको बसमा चढाई लठ्याउने औषधि खुवाएर भक्तपुर पुऱ्याएका थिए । 

नेपाली रोग र भोकले मर्न नपरोस् भनेर सरकार प्रयासरत छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली रोग र भोकले मर्न नपरोस् भनेर सरकारले सुरुदेखि नै प्रयास रहेको बताएका छन् । एनआरएन विश्व ज्ञान सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै ओलीले नेपालीको जीवनरक्षामा सरकार लागिरहेको बताएका हुन् । 

आइसोलेसनमा नबस्ने कोरोना संक्रमितलाई ६ महिना कैद : स्वास्थ्य मन्त्रालय 
कोरोना संक्रमण भए पनि आइसोलेसनमा नबस्नेलाई संक्रामक रोग ऐनअनुसार पक्रेर कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित आइसोलेसनमा नबसे ऐनअनुसार ६ महिना कैद सजाय हुने बताए ।

कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६ सय पुग्यो, आज थप १० जनाको निधन
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १० जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप नौ पुरुष र एकजना महिलाको कोरोनाबाट निधन भएको हो । योसँगै देशभर हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६ सय पुगेको छ ।

कुल संक्रमित संख्या एक लाख नाघ्यो, थप दुई हजार ५९ जनामा संक्रमण पुष्टि 
पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ६ सय ७६ पुगेको छ ।

दुर्गम गाउँका किसानले बेचे एक करोडको बिउ
दैलेखको दुर्गम गाउँका किसानले हाइब्रिड बिउ उत्पादनबाट एक कराेडभन्दा बढी आम्दानी गरेका छन् । दैलेखको दुल्लु नगरपालिका– १३ का किसानले आफ्नो बारीमा उत्पादन भएको हाइब्रिड बिउ बेचेर बर्सेनि लाखौँ आम्दानी गर्दै आएका छन् ।  किसान विष्णुबहादुर शाही अहिले आफूले उत्पादन गरेको सिर्जना हाइब्रिड टमाटरको बिउ सुकाउने तरखरमा छन् । उनले एक केजीको मूल्य ५५ हजार रहेको बताए । 

६ करोडबराबरका खसी–बोका र च्याङ्ग्रा ल्याउने खाद्य संस्थानको तयारी
कोरोना भाइरसको संक्रमणको उच्चवृद्धिकै बाबजुत खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडले ६ करोड रुपैयाँबराबरका खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको छ । संस्थानले करिब तीन हजार खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको हो । काठमाडौं उपत्यकालाई लक्षित गरी सो खसी, बोका र च्याङ्ग्रा ल्याउने प्रस्ताव संस्थानले गरेको छ ।

कोरोनाले दैनिक दुई करोड रुपैयाँ भारत जानबाट रोकियो 
रुपन्देहीको सीमावर्ती सुनौली बजार खुला भए पनि नेपाली ग्राहक नपुग्दा सुनसान अवस्थामा छ।सीमानाकामा कोरोनाका कारण आवतजावतामा भएको कडाइ यथावत् रहेकाले नेपालबाट सुनौली बजार जाने क्रम रोकिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए। 

संक्रमित भएको एक हप्तामै चुनावी र्यालीका लागि सक्षम भएको ट्रम्पकाे दाबी 
अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताएका छन् । गत शुक्रबार कोरोना भाइरसबाट संक्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका हुन् । 

सुझावित समाचार