दाङ र अर्घाखाँचीका तीन गाउँपालिकामा राजधानी राख्ने प्रस्ताव दर्ता, तीन दिनभित्रै टुंगो लगाउने तयारी

शुक्रबार, १६ असोज, २०७७
डिजिटल संस्करण

५ नम्बर प्रदेश सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा दर्ता गराएको छ । केहीबेरअघि बसेको प्रदेश सरकारको बैठकले प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने निर्णय गरेको थियो । 

नेकपा प्रदेश ५ का एक पदाधिकारीका अनुसार तीन दिनभित्र प्रदेश सभाबाट राजधानीको टुंगो लाग्ने गरी शुक्रबारबाटै प्रक्रिया सुरु भएको छ । नेकपाका महासचिव विष्णु पौडेलसहित केही नेताले प्रदेश राजधानी अहिलेको अस्थायी मुकाम बुटवलमै कायम गर्ने कोसिस गरे पनि त्यसमा असफल भएका छन् ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गत १२ असोजको भेटवार्तामै दाङलाई राजधानी बनाउने विषयमा सहमति जुटेपछि पौडेलसहितका नेताहरूको प्रयास असफल भएको हो । 

‘दुई अध्यक्षको सहमतिअनुसार ५ नम्बर प्रदेशको मन्त्रिपरिषद्ले केहीबेरअघि राजधानीको प्रस्ताव पारित गरिसकेको छ,’ ५ नम्बर प्रदेशका एक मन्त्रीले नयाँ पत्रिकासँग भने, ‘अर्घखाँचीको शितगंगा गाउँपालिका, दाङको गरुडा र राप्ती गाउँपालिकामा राजधानी रहने गरी प्रदेश सभामा प्रस्ताव पनि दर्ता भइसकेको छ ।’

सुझावित समाचार