बसमा युवतीमाथि दुर्व्यवहारगर्ने तीन युवा पक्राउ

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण

कञ्चनपुर/ यात्रवाहक बसमा युवतीमाथि दुर्व्यवहार गर्ने कञ्चनपुरका तीन युवा पक्राउ परेका छन् । गत मंगलबार काठमाडौंदेखि महेन्द्रनगर आउँदै गरेको महाकाली बहुउद्देश्यीय यातायात कम्पनीको बसमा सवार युवतीलाई दुर्व्यवहार गरेको आरोपमा भीमदत्त नगरका तीन युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका– ९ का अनिलनाथ योगी, समीर विष्ट र भीनपा–१०, तिलकेनीका जीवन बम छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार युवतीले दिएको निवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

‘युवतीले आफूमाथि बसभित्र दुर्व्यवहार भएको निवेदन दिएपछि तीनैजनालाई नियन्त्रणमा लिएका छौँ ।’ उक्त बसमा युवतीमाथि दुर्व्यवहार भएको सिसिटिभी फुटेज सार्वजनिक भएपछि प्रहरीले कारबाही अगाडि बढाएको हो । 

सुझावित समाचार