नक्कली अध्यापन अनुमतिपत्रको आरोपमा मुद्दा

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरेको आरोपमा जुम्लाका एक शिक्षकविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तिला गाउँपालिका– ९, राँसामालापानीस्थित ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक महेन्द्रराज शाहीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार शाहीले आर्थिक वर्ष ०७८/७९ मा तिला गाउँपालिकाबाट प्राप्त शिक्षण सिकाइ अनुदानअन्तर्गत निम्न माध्यमिक तहको अंग्रेजी विषय शिक्षक पदमा नियुक्ति लिन नक्कली स्थायी अध्यापन अनुमतिपत्र तयार गरेका थिए ।

उनले उक्त झुटा प्रमाणपत्र पेस गरी १५ जेठ ०७९ मा ज्योति माध्यमिक विद्यालयमा करार शिक्षकका  रूपमा नियुक्ति लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ । नक्कली प्रमाणपत्रकै आधारमा शिक्षकको पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको भन्दै आयोगले उनको कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको दाबी छ ।  

सुझावित समाचार