सुत्केरी आमा र शिशुको हवाई उद्धार

आइतबार, २२ कार्तिक, २०८३
डिजिटल संस्करण

बाजुरा । मुगु जिल्लाको खत्याड गाउँपालिका– ९ निवासी २० वर्षीया देवकी खड्काको सुत्केरीपश्चात् नवजात शिशुको स्वास्थ्यमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाई उद्धार गरिएको छ।

कोल्टी आधारभूत अस्पतालमा सुत्केरी सेवा लिइरहेकी खड्काले आज बिहान बच्चालाई जन्म दिएपछि शिशुको स्वास्थ्यमा समस्या देखिएको थियो। थप उपचार आवश्यक भएपछि आमा र शिशु दुवैलाई बिहान ११ः३५ बजे हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी मुक्तिराज रिजालले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयको समन्वय तथा नेपाल सरकारको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको प्रजिअ रिजालले बताए।

उनका अनुसार आफ्नो पहल तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा एक साताभित्र दुईजना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

दुर्गम क्षेत्रका नागरिकलाई आपतकालीन स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन र जोखिमपूर्ण अवस्थामा रहेका सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका लागि तत्काल उद्धारको व्यवस्था मिलाइएको प्रजिअ रिजालले बताए।

सुझावित समाचार