नवलपुरमा ट्याक्टरको ठक्करबाट प्रहरीको मृत्यु

आइतबार, २२ कार्तिक, २०८३
डिजिटल संस्करण

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक प्रहरी जवानको मृत्यु भएको छ ।

नारायणघाटबाट कावासोतीतर्फ जाँदै गरेको बा.प्र.०२-०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलचालक जिल्ला डडेलधुरा खटेडा- १, वतन भएको नेपाल प्रहरीका जवान वर्ष २४ को लोकेश भण्डारीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ।

उनी प्रहरी पहरा गण सामाखुसी काठमाडाैं दरबन्दी भई मन्त्रिक्वार्टर भैँसीपाटीमा कार्यरत रहेको बुझिएको छ । घाइते भई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेका थिए ।

सुझावित समाचार