काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले सुदृढ सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिएका छन्। भर्चुअल कन्फेरेन्सको माध्यमबाट उनले समसामयिक विषयवस्तु तथा चाडपर्वलक्षित सुरक्षा व्यवस्थापनसम्बन्धी निर्देशन सम्बोधन गरेका हुन्।
निर्देशन सम्बोधन कार्यक्रममा विभागीय प्रमुखहरू, उपत्यका प्रहरी कार्यालयका प्रमुख, सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखहरूको सहभागिता रहेको थियो । प्रहरी महानिरीक्षक केसीले समसामयिक विषयवस्तुहरूमा केन्द्रित हुँदै चाडपर्वमा हुन सक्ने सम्भावित जोखिमहरूलाई प्राथमिकतामा राखी परिणाममुखी र सुदृढ सुरक्षा व्यवस्थापन गर्न भनेका हुन्।