लालदरबारमा ५० लाखको चोरी, दुई जना पक्राउ

शुक्रबार, २० कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं- काठमाडौंको दरबारमार्ग नजिकै लालदरबारमा ५० लाख रुपैयाँ बराबरको चोरी भएको छ। चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गत १५ कात्तिकमा लालदरबारस्थित छियाङ तुलाधरको घरबाट १५ तोला सुन, ६ लाख बराबरको सुनका गहना लगायत सामान चोरी भएको थियो। चोरीमा संलग्न नक्साल बस्ने प्रितम गुरुङ र प्रिया गुरुङलाई प्रहरी वृत्त दरबारमार्गले शुक्रबार पक्राउ गरेको हो। उनीहरुबाट चोरीका गहना, तीन लाख ४८ हजार नगद र एक हजार अमेरिकी डलर बरामद गरेको छ । 

See More On

सुझावित समाचार