कर्मराज महाविहारका ४५ मूर्ति सुरक्षित

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ स्वयम्भूस्थित कर्मराज महाविहारका सबै मूर्ति सुरक्षित राखिएको पुरातत्व विभागले जनाएको छ । मूर्ति हराएको हल्ला फैलिएपछि विभागले बुधबार अवस्था निरीक्षण गर्दै ४५ वटै मूर्तिको विवरण र अवस्था सार्वजनिक गर्दै सबै मूर्ति सुरक्षित रहेको जानकारी गराएको हो ।

०७२ को भूकम्पबाट क्षतिग्रस्त भएपछि तत्कालीन अवस्थामा सो विहारका विभिन्न स्थानमा रहेका प्रस्तरका मूर्तिहरू स्वयम्भू संग्रहालय भवनको माथिल्लो कोठामा सारिएको थियो । त्यहाँ करिब ११ वर्षदेखि भण्डारण गरिएको थियो । हाल विहारको पुनर्निर्माण कार्य सम्पन्न भएपछि ती सब मूर्ति ०७७ मा विभागबाट विस्तृत अभिलेखीकरणसहित स्थानान्तरण गरी विहारमै राखिएको छ । अब ती मूर्तिहरू सर्वसाधारणले देख्न पाउने गरी खुला गर्ने तयारीसमेत विभागले गरेको छ ।

बुधबार पुरातत्व विभाग, गुठी संस्थान, स्थानीय वडा कार्यालय, कर्मराज महाविहार, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिलगायत सरोकारवाला निकायहरूको उपस्थितिमा विहारको कक्ष खोली ती मूर्तिहरूको अवस्था बुझेको र विभिन्न देवीदेवताका गरी ४५ वटा मूर्ति  साबिक अवस्थामा सुरक्षित रहेको विभागका महानिर्देशक सुरेश श्रेष्ठले बताए । 

सुझावित समाचार