डाेल्पा- जिल्ला कारागार डाेल्पाबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएका छन्।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शनिबार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेकाे पत्ता लागेकाे हाे।
अहिले सिसी क्यामेराबाट अनुसन्धान भइरहेको प्रजिअ हमालले बताइन्। थप विवरण अध्ययन र अनुसन्धान पछि आउने उनको भनाइ छ। 'अहिले सिसी क्यामरा हेरिरहेका छाैं,' प्रजिअ हमालले भनिन्, 'थप विवरण अध्ययन गर्दैछाैं।'