लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष एवं गायिका आनी छोइङ डोल्माले १८ जेठ ०४६ मा कान्छाबहादुर लामालाई आफ्नो बुवा मानेर वंशजको नागरिकता लिएकी थिइन् ।
छोइङ डोल्मा लामा मोक्तानको नाममा नागरिक लिँदा नक्कली बुवा खडा गरिएको आरोप छ । तत्कालीन चपली भद्रकाली– ६ स्थायी ठेगाना देखाएर उनले नागरिकता लिएकी थिइन् ।
आनीले आफ्ना आमा–बुवा तिब्बती भएको आफ्नो पुस्तक ‘फूलको आँखामा’मा उल्लेख गरेकी छिन् । सो आधारमा उनले कसरी वंशजको नेपाली नागरिकता पाइन् भन्ने प्रश्न छ ।
यस विषयमा ०७६ मै प्रहरीमा उजुरी परे पनि विस्तृत अनुसन्धान भएको छैन । प्रहरीले त्यसवेला उनको नागरिकताको विवरण जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग मागेको थियो । तर, अनुसन्धान पूरा भएको छैन ।