हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह

बुधबार, ११ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि अध्यागमन विभागले तीन दिनसम्म पदयात्रा नगर्न आग्रह गरेको छ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले मंगलबार सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसमजन्य विपत्को उच्च जोखिम रहेको जानकारी दिएका हुन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत उक्त अवधिमा सतर्कता अपनाउन चेतावनी दिएको विभागले जनाएको छ ।

सुझावित समाचार