कांग्रेस महाधिवेशन : फेरि दुई घण्टा थपियो मतदानको समय

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण
कांग्रेस महाधिवेशन : फेरि दुई घण्टा थपियो मतदानको समय

तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय पुनः दुई घण्टा थप गरिएको छ।

अपराह्न ५ बजेसम्मका लागि तोकिएको समय बेलुकी ७ बजेसम्म कायम गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबार नै मतदान हुनुपर्नेमा मतपत्र छपाइमा ढिलाइ भएको भन्दै आज शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्मलाई ताेकिएकाे थियाे थियो। त्यसपछि दुई घण्टा लम्ब्याएर बेलुकी ५ बजेसम्म पुर्याइएको समय पुनः दुई घण्टा थप गरिएको हो।

null

सुझावित समाचार