काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथग्रहण समारोह १२ कात्तिकमा हुने भएको छ।
केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथग्रहण समारोह आगामी बिहीबार दिउँसो २ बजे बिपी स्मृति भवन, ललितपुरमा तय भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ।
‘नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई शपथग्रहण कार्यक्रममा उपस्थितिका लागि सूचना र सादर निमन्त्रणा गर्दछौँ,’ निर्वाचन समितिले जारी गरेको सूचनामा भनिएको छ।