एमालेको संकल्प– असंवैधानिक ढंगले अपहरित लोकतन्त्र फिर्ता ल्याउँछाैँ

बिहिबार, ३ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेकपा (एमाले)को राष्ट्रिय भेलाले लोकतन्त्र असंवैधानिक ढ‌ंगले अपहरण गरिएको भन्दै फिर्ता ल्याउने संकल्प गरेको छ। बिहीबार सम्पन्न दुईदिने भेलाले राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपंक्तिमा उभिएर बलिदान दिन तयार रहने संकल्प गरेको हो।

‘हामी असंवैधानिक ढ‌ंगले अपहरित गरिएको लोकतन्त्र फिर्ता गरिछाड्नेछौँ। राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपंक्तिमा उभिएर बलिदान दिन हमेसा तयार रहनेछौँ,’ भेलाबाट पारित संकल्प प्रस्तावमा उल्लेख छ।

गतः वर्ष ब्यहोरेको धक्कालाई चिर्दै आन्दोलनको पुनरुत्थान गर्न र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न उच्च मनोबलका साथ अघि बढ्ने संकल्प गर्दै एमालेले भनेको छ, ‘हामी एउटा लडाइँमा पराजित भएका हौँ, सिंगो युद्ध हारेका होइनौँ। आगामी निर्वाचनमार्फत यस सत्यलाई स्थापित गरिछाड्नेछौँ।’

सुझावित समाचार