काठमाडौं/ नेपाली कांग्रेस पदाधिकारीको वरीयताक्रम निर्धारण गरिएको छ। पदाधिकारीले बिहीबार शपथ लिएका हुन्।
वरीयताक्रममा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरू पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी छन्। त्यसपछि महामन्त्रीहरू प्रदीप पौडेल, डिला संंग्रौला र उदयशमशेर राणा छन्।
सहमहामन्त्रीमा बहादुरसिंह लामा, योगन्द्र चौधरी, प्रकाश रसाइली स्नेही, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, आङगेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु सिवाकोटी, मनोजमणि आचार्य र फिरदोश आलम छन्।
महाधिवेशनबाट २० पदाधिकारी निर्वाचित भएका हुन्। २५ पदाधिकारीमध्ये एक कोषाध्यक्ष र चार सहमहामन्त्री सभापतिले मनोनीत गर्ने वैधानिक व्यवस्था छ।