देउवालाई गगनको सुझाव– जोकरहरू जता पनि हुन्छन्, तपाईँ लेभल मेन्टेन गर्नुस्

मंगलबार, ८ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो लेभल मेन्टेन गर्न सुझाव दिएका छन्।

पार्टीभित्र जोकरका केही नमुना हुने र उनीहरूको पहिचान अरूको आलोचना गरेरै बनेको उल्लेख गर्दै सभापति थापाले देउवालाई भने आफ्नो राजनीतिक मर्यादा कायम राख्न आग्रह गरे।

केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘मेरो निन्दा गरेर कसैको घरधन्दा चलेको छ, कसैको पोलिटिकल आइडेन्टिटी बनेको छ भने गर्न दिऊँ, साथीभाइहरू नै हुन्। अलिअलि नमुना जोकरहरू जताततै हुन्छन्।’

तर, देउवा पाँचपटक प्रधानमन्त्री भइसकेको र आफ्नो अभिभावकसमेत रहेकाले उनको विषयमा चिन्ता लागेको सभापति थापाको भनाइ थियो।

‘त्यो उमेरको कदको नेताको बोली, अभिव्यक्ति, असहमति  राजनीतिक हुनुपर्छ। र, त्यसलाई सीमा र मर्यादाभित्र राख्नुपर्छ । तल नझर्नुस् भन्ने मेरो आग्रह छ, मेरो प्रेम छ, चिन्ता छ। पाँचपटकसम्म प्रधानमन्त्री भएको नेता हो, एउटा लेभल मेन्टन गर्नुस्,’ थापाले भने।
 

सुझावित समाचार